बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२३ फाल्गुन २०७५, बिहीबार १३:२२

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिएर सडकमा पल्टेको मोटरसाइकललाई बसले ठक्कर दिँदा उक्त मोटरसाइकल चालकको मृत्यु भएको छ । सानोठिमी वन कार्यालयको आरोलोमा बा ७४ व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पल्टेको प्रदेश ३-०२-००२ प ६२ नम्बरको मोटरसाइकललाई फेरि अर्काे बसले ठक्क दिएको हो ।

सडकमा पल्टेको मोटरसाइकललाई बा २ ख ४८६८ नम्बरको बसले ठक्कर दिँदा काभ्रे देउखुरी(३ घर भई भक्तपुरको मध्य ठिमी नगरपालिका-९ बोडेमा बस्दै आएका २४ वर्षीय चालक सन्तोष राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राईलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१