निर्मला हत्या प्रकरणः तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, हिरासतमा लिइएका ६ जनाकाे बयान सुरु

ssapana44@gmail.com' jamuna aryal
२३ फाल्गुन २०७५, बिहीबार १३:२०

कञ्चनपुर – उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रमुख रहेको प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

सो प्रकरणमा घटनाको अनसन्धानमा लापरवाही गरेको तथा जथाभावी पक्राउ परेकाहरुमाथि यातना दिएको लगायत अभियोगमा उनीहरुविरुद्ध जिल्ला अदालत, कञ्चनपुरमा बुधबार मुद्दा दायर गरिएको हो ।

पीडित पक्ष निर्मलाकी आमा दुर्गादेवी पन्त र हिरासतमा राखी यातना दिइएका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर भएको जिल्ला अदालतले जनाएको छ । तत्कालीन एसपीको कमाण्डमा प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी यातना दिइएको आरोप लगाइएको छ ।

घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसकेको र अनुसन्धानमा लापरबाही गरेको आरोपमा ती प्रहरी अधिकारीहरुलाई सरकारले यसअघि नै निलम्बन गरेका थियो । सो आरोप लागेका निलम्बित इन्सपेक्टर एकेन्द्र खड्का, जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई हिरासतमा लिएर बयान लिन सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीलाई भने फरारको सूचीमा राखिएको छ । हिरासतमा रहेका ६ जनाको बयान सकिएपछि थुनछेक बहस हुने बताइएकाे छ ।

गत साउन १० गतेका दिन साथी रोशनी बमको घरमा होमवर्क गर्न भनी गएकी निर्मला पछि घर फर्किनन् । उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१