विवाहको १६ औं वर्षगाँठको अवसरमा विश्व प्रकाशले गरे निर्माणाधीन रंगशालालाई आर्थिक सहयोग

ssapana44@gmail.com' jamuna aryal
२३ फाल्गुन २०७५, बिहीबार १३:१७

काठमाडौं – कांग्रेस नेता विश्वप्रकाश शर्माले धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालालाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आफ्नो विवाहको १६ औं वर्षगाँठको अवसर पारेर उनले यो रकम हस्तान्तरण गरेका हुन् ।

तीन अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने घोषणा गरिएको रंगशालाका लागि सहयोग संकलन जारी रहेको छ ।

अहिलेसम्म पाँच करोडभन्दा बढी संकलन भइसकेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१