अमेरिकीले ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय, भारतको अर्थतन्त्रलाई नकारात्मक असर

ssapana44@gmail.com' jamuna aryal
२२ फाल्गुन २०७५, बुधबार ०८:२८

एजेन्सी – अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।

अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।

लोकसभाको चुनाव अगाडि अमेरिकाले गरेको यो निर्णयले नरेन्द्र मोदीको सरकारलाई चुनौति थपिएको छ । अहिलेसम्म यो नीतिका कारण भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्नबाट बच्दथे ।

यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

सन् १९३० मा अमेरिकी सरकारले विकासशील देशको अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यसहित यो नीति अपनाएको थियो । यो नीति अनुसार विकासशील देश आफ्ना केही उत्पादनलाई आयात शुल्क बिना अमेरिकालाई निर्यात गर्न सक्दथ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१