विश्वकै प्रदुषित शहर मध्ये काठमाण्डौँ सयौँ नम्बरमा

ssapana44@gmail.com' jamuna aryal
२२ फाल्गुन २०७५, बुधबार ०८:२१

काठमाडौं – काठमाडौं विश्वका तीन सशर मध्ये वायु प्रदुषणमा सयौं नम्बरमा परेको छ । सन् २०१७ माभन्दा २०१८ मा वायु प्रदुषणको मात्रा अझै बढेको अध्ययनले देखाएको छ। वातारणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपिस एण्ड एयर भिजुअलले गरेको अध्ययन अनुसार, २०१८ को फेब्रुअरीमा काठमाडौंमा सबभन्दा बढी वायु प्रदुषण भएको देखिएको छ। त्यसपछि जनवरी र डिसेम्बर महिनामा काठमाडौंबासीले बढी प्रदुषित हावा लिए।

सबभन्दा कम प्रदुषण अगष्ट र जुलाईमा देखिएको छ। डिसेम्बर, जनवरी, फेब्रुअरी र मार्च महिनामा काडमाडौंको वायु अति प्रदुषित र अस्वस्थ देखिएको छ। जुनदेखि सेप्टेम्बरमा मध्यम खालको तथा मे र अक्टोबर महिना संवेदनशिल समूह (बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीका लागि) अस्वस्थकर देखिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड नाघेपनि काठमाडौं उपत्यायको वायु प्रदुषणको मात्रा अत्ति अस्वस्थ र संकटपूर्ण अवस्थामा चाहिँ देखिएको छैन।
 
वायु प्रदुषणमा विश्वका सबभन्दा प्रदुषित प्रमुख दश शहरमध्ये भारतका सात शहर परेका छन् । तर यसअघि धुवाँ धुलोले ढाकिने गरेका चिनियाँ शहरले भने वायु प्रदुषणमा यसपाली सुधार गरेका  छन् । भारतको नयाँदिल्ली छेउको गुरुग्राम विश्वकै सबभन्दा बढी प्रदुषित शहरमा दर्ज भएको छ। दोश्रो नम्बरमा भारतकै गाजियाबाद परेको छ । ग्रीनपिस एण्ड एयर भिजुअलले गरेको अध्ययन अनुसार, अमेरिकी वातवरणीय संरक्षण एजेन्सी (इपीए) ले मानव स्वास्थ्यका लागि तोकेको भन्दा गुरुग्राम शहरको प्रदुषण तीन गुणा बढी देखिएको छ।

हावाणको गुणस्तर सूचक (एक्यूआई) ले गरेको अध्ययनले २०१८ को दुई महिनामा पीएम २.५ भनिने हावाको कण गुरुग्राम शहरमा २०० भन्दामाथि पुगेको थियो । इपीएले गुरुग्रामको हावा असाध्यै अस्वस्थ भएको र यो शहरमा हिँडडुल गर्ने मान्छेलाई गम्भीर खालको स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएको छ।

ग्रीनपिसले निकालेको रिपोर्टमा, वायु प्रदुषणका कारण विश्वभरमा ७० लाख भन्दा बढीको अल्पायुमै मृत्यु हुनेगरेको छ भने आर्थिक पक्षमा पनि ठूलो क्षति गरेको छ । दक्षिणपूर्व एशियाका लागि ग्रीनपिसका कार्यकारी निर्देशक येब सानो भन्छन् “वायु प्रदुषणले हाम्रो जनजीविका र भविष्य नै जोखिममा पारेको छ ”। यसैका कारण विश्वव्यापी रुपमा श्रमबजारमा २ सय २५ अर्ब डलर घाटा परेको छ भने, चिकित्सा क्षेत्रमा खर्बौं डलर खर्च गर्नुपर्ने भएको छ । यसले मान्छेको स्वास्थ्य र सीधै रकम राख्ने थैलीमै प्रहार गरेको समेत उनको भनाइ छ। 

वायु प्रदुषणको मार दक्षिण एशियामा ज्यादै पर्न थालेको पनि अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१