एक बेलायती नागरिक एचआईभी भाइसमुक्त, विश्वमै यो दोस्रो घटना

ssapana44@gmail.com' jamuna aryal
२१ फाल्गुन २०७५, मंगलवार १७:०५

एजेन्सी – डाक्टरहरुले एक बेलायती नागरिक एचआईभी भाइसमुक्त भएको सार्वजनिक गरेका छन् । उनीहरुले यी व्यक्ति एड्समुक्त हुने विश्वकै दोस्रो भएको हुन सक्ने बताएका छन् । 

रोयटर्सका अनुसार परिचय सार्वजनिक नगरिएका लण्डनका यी व्यक्ति तीन वर्षदेखि भाइरस मुक्त छन् । तीन वर्ष अघि उनलाई बोनम्यारो प्रत्यारोपण गरिएको थियो । उनले प्राप्त गरेको बोन म्यारो एचआईभी प्रतिरोधी जेनेटिक म्युटेसन(उद्विकास)युक्त थियो । 

डाक्टरहरुका अनुसार उक्त व्यक्तिले १८ महिनादेखि एण्टी–भाइरल औषधि लिन छाडेका छन् । 

“मापन गर्दा उनको रगतमा हामीले कुनै पनि भाइरस भेटेनौं’,  उपचारमा संलग्न समुहको सह–नेतृत्वकर्ता रवीन्द्र गुप्ताले भने । 

‘लण्डन प्यासेन्ट(लण्डनका विरामी)’ नाम दिइएको व्यक्ति यस्तो उपचार लिने दोस्रो विरामी हुन् । 

यसअघि जर्मनीमा बसिरहेका अमेरिकी नागरिक टिमोथी रे ब्राउनले पनि यस्तै उपचार विधी अपनाएका थिए । सन् २००७ मा यो उपचार गराएका टिमोथी हालसम्म एचआईभी मुक्त रहेको जनाइएको छ । उनलाई ‘बर्लिन प्यासेन्ट(बर्लिनका विरामी)’ भनिन्छ । 

गुप्ताले ‘लण्डनका विरामी’ सैन्द्धान्तीक रुपमा ठीक भएको भए पनि आधिकारिक रुपमा पूरै ठीक भएको भन्न भने अहिले नै हतार हुने बताए । 

‘लण्डनका विरामी’लाई सन् २०१६ मा बोनम्यारो प्रत्यारोपण गरिएको थियो । विरलै हुने ‘हड्गकीन्स लिम्फोमा’ नामक रक्त क्यान्सर लागेपछि उनलाई उक्त अंग प्रत्यारोपण गरिएको थियो । 

उनका दातामा सीसीआर५ डेल्टा २ नामक जेनेटिक म्युटेसनमा थियो । यो म्युटेसन एचआईभी संक्रमण प्रतिरोधी हुन्छ । 

बोनम्यारो दिएपछि ती व्यक्तिलाई दाताको रोग प्रतिरोधात्मक कोषिकाले प्रापकलाई आक्रमण गर्ने जटिलता देखा परेको थियो । उनी अघिका ‘बर्लिनका विरामी’ भनिने ब्राउनमा पनि प्रत्यारोपणपछि यही जटिलता देखिएको थियो । 

डाक्टरहरु यी दुवै विरामीमा एचआईभी निदान हुनुको कारण निर्धारण गर्न प्रयासरत छन् । 

विज्ञहरुले यस विधिको जटिलतालाई हेरेर यो विधि आम रुपमा प्रयोग गर्न सम्भव नहुन सक्ने बताएका छन् । साथै यसको लागि एचआईभी प्रतिरोधात्मक जेनेटिक म्युटेसन भएका दातामा अंग मिल्नुपने अर्को अफ्ठ्यारो हो । 

पछिल्ला वर्षहरुमा एन्टी–भाइरल ड्रग्समा भएको विकासले एचआईभी लागेका व्यक्तिहरुको औसत जीवन निक्कै बढेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१