पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्दो मंगलबार पनि एकको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२१ फाल्गुन २०७५, मंगलवार १५:५८

पोखरा – पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिककाे उपचारका क्रममा ज्यान गएकाे थियाे ।

साेमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१