विनाशकारी टोर्नेडोमा परी २२ जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२० फाल्गुन २०७५, सोमबार १४:१५

अलाबामा– अमेरिकाको अलाबामा राज्यमा विनाशकारी टोर्नेडोमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ ।

अलाबामा राज्यको ली काउन्टीमा दुई आँधीहरुले खतरनाक विनाश निम्त्याएको स्थानीय अधिकारीले जनाएका छन् ।

टोर्नेडोमा मारिनेमा ६ वर्षे बच्चा समेत छन् ।

टोर्नेडोबाट अरु केही मानिसहरु हराइरहेको तथा अन्य ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

टोर्नेडोले ली काउन्टीका दर्जनौँ घरमा क्षति पु¥याएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि टोर्नेडो आउन सक्ने भन्दै अलाबामाका मानिसहरुलाई सुरक्षित भएर बस्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१