भेनेजुएलाका अन्तरिम राष्ट्रपति स्वदेश फर्किने घोषणा

ssapana44@gmail.com' jamuna aryal
२० फाल्गुन २०७५, सोमबार १४:०६

काठमाडौं – भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइडोले देशमा फर्किने घोषणा गर्दै जनआन्दोलनका लागि आह्वान गरेका छन् । साथै उनले राष्ट्रपति निकोलस मोडुरोलाई राजीनामाका लागि आग्रहसमेत गरेका छन् ।

‘म भेनेजुएलाका नागरिकहरुलाई भोलि दिउँसो ११ बजे देशभर प्रदर्शनमा उत्रिन आह्वान गर्छु,’ उनले ट्विटरमा लेखेका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइडोलाई ५० भन्दा बढि देशहरुको समर्थन छ तर, मुडुरोले भने वैधानिक राष्ट्रपति आफू नै भएको भन्दै पद छोड्न तयार भएका छैनन् । चीन, रसिया र क्युवा जस्ता देशहरुको समर्थन उनलाई छ ।

बीबीसीका अनुसार गुआइडो कसरी भेनेजुएलामा फर्किनेछन् र उनी फर्केको खण्डमा माडुरोले कस्तो कदम चाल्नेछन् भन्ने प्रष्ट भएको छैन ।

गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलाको सर्वोच्च अदालतले उनीमाथि यात्रा प्रतिवन्ध लगाएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेन बोल्टनले ट्विट गरेका छन्, ‘उनको सुरक्षित फिर्तीमा कुनै अवरोध भएको खण्डमा कडा प्रतिक्रियाको सामना गर्नुपर्नेछ ।’

यूरोपेली युनियनका वैदेशिक नीति प्रमुख फेडेरिका मोघेरिनीले पनि गुआइडोमाथि कुनै पनि हानी–नोक्सानी पुर्‍याइए त्यसले ठूलो तनाव पैदा गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१