पहिला देश अनि बिदेश भन्ने नाराका साथ पर्यटन मेला बैशाख १३ र १४ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७५, सोमबार ०८:१२

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ ।
आईतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिईयो ।
यही बैशाख १३ र १४ गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा आयोजना हुने उक्त मेलामा पर्यटन सम्बद्ध २२५ व्यवसायिक संघसंस्था तथा व्यापारिक स्टल रहने छन । सरकारको २०२० मा २० लाख पर्यटक भित्राउने योजनामा
पर्यटन प्रवद्र्धन गरी सहयोग पुर्याउनका लागि मेला थप सहयोगी हुने आयोजक गन्तव्य ईभेन्ट म्यानेजमेन्टको भनाई छ ।
पहिले देश अनि बिदेश भन्ने नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागिहरुले सरकारको प्रयासमा निजी क्षेत्रको पहिलोपटक उत्साह जोडिएको भन्दै मेलाले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफुले सक्दो सहयोग गर्ने बताए ।
बरिष्ठ पर्यटन व्यवसायी बिक्रम पांडेले दिगो समृद्धिको बाहक आन्तरीक पर्यटनले मात्र संभव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखी आन्तरीक पर्यटनको केन्द्र रहेको भन्दै बिकशित समयमा यसको प्राबिधीक दायरा पनि फराकिलो हुँदै गएको बताए । आन्तरीक पर्यटक पर्यटनको चुरो भन्दै उनले पूर्वाधार बिना पनि आन्तरीक पर्यटन सुरुवात हुने र समयक्रममा पूर्वाधार अपरिहार्य हुने बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमलाले यो पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्वपुर्ण कार्यक्रम भएकाले हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्ने बताईन ।
होमस्टे एसोसिएसन अफ नेपाल(होसान)का अध्यक्ष केशब बडालले मुलुकभरका ७७ ओटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको बताउँदै मेला सफल बनाउन देशभरिबाट स्टल राख्ने र सक्रिय भएर लाग्ने बताए ।
रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले मेला सफल बनाउन सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुने भन्दै आफ्नो क्षेत्रबाट सबैले योगदान दिनुपर्ने बताए ।
आयोजकका तर्फबाट गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अबिरल) ले नेपाल भ्रमण बर्ष २०२० को भिजन सफल पार्नकै लागि आफुहरुले मेला आयोजना गरेको भन्दै सरोकारवालाहरु लाई समेटेर सँगै अगाडि बढ्ने बताए ।
२० लाख पर्यटक भित्राउने उदेश्यलाई पुरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफुले बिगतदेखी अबिरल सहकार्य गरेको भन्दै अधिकारीले पर्यटनमा नयाँ आशा जगाउन आफु लागि परिरहने बताए ।
गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका संयोजक माधबप्रसाद सुबेदीले ‘डोमेस्टीक टुरिजम मार्ट– २०१९ को कार्ययोजना तथा उदेश्यमाथि प्रकाश पारेका थिए ।
जसमा बैशाख १३ र १४ गते भृकुटीमण्डपमा पर्यटन सम्बद्ध बिभिन्न स्टलका साथ मेला आयोजना गरिने र पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याईने उल्लेख छ ।
कार्यक्रममा पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, पत्रकार, पर्यटन बोर्डका पदाधिकारी, सुरक्षाकर्मी लगायत पर्यटन सम्बद्ध सयौ व्यक्तिको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१