पर्यटन व्यवसायी आङछिरिङको टेकुमा अन्त्येष्टि गरिँदै

ssapana44@gmail.com' jamuna aryal
१९ फाल्गुन २०७५, आईतवार १५:२४

काठमाडौं – ताप्लेजुङको पाथिभरा क्षेत्रमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा मुत्यु भएका हवाई तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको टेकुमा अन्त्येष्टि गरिँदैछ। बौद्धधर्मको संस्कार अनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा राखिएको थियो। 

अन्त्येष्टी अगाडी गरिने (घेवानक्पु) लामाले कालो क्रिया गरी पूजा विधिअनुसार एक सय आठ बत्ती बालेर अन्त्येष्टिका लागि शेर्पाको शव टेकु घाट(गुम्वा) लगिँदै छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति,पर्यटन तथा उड्‍डयन मन्त्री रवीन्द्र अधिकारको गृह जिल्ला पोखरामा शुक्रबार अन्त्येष्टि गरिएको छ।

त्यस्तै उक्त दुर्घटनामा परी मृत्यु भएका अरु पाँचजनाको पनि अन्त्येष्टि भइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१