गोरखा दरबारमा बादर आतंक ;बादर धपाउन अहिले स्थानीय र कर्मचारीले साथमा गुलेली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७५, आईतवार १४:३७

गोरखा । ऐतिहासिक गोरखा दरबारमा बादर आतंक बढेको छ । विगत दुई वर्षदेखि बाँदरको संख्यामा वृद्धि भएको स्थानीयहरु बताउँछन् ।मन्दिरमा चढाएको प्रसाद टिप्ने भक्तजनले ल्याएको प्रसाद र फूल हातैबाट खोसिदिने गरेकाे छ ।

बादरले दरवार छाएको झिंगटी उप्काउन थालेपछि संरचना पनि जीर्ण बन्दै गएको छ । काठको धमिरा खानका लागि झिंगटी उप्काउने गरेको कर्मचारीहरु बताउँछन् ।

बादरले सताउन थालेपछि दरवार हेरचाह अड्डाका कर्मचारी पनि आजित छन् । निगरानीका लागि दरवार क्षेत्रमा जडान गरिएको सीसी टिभिमा समेत क्षति पुर्‍याएको कार्यालयका खरिदार शंकर बाबु गरम्जाले बताए । ‘चार वटा सीसी टिभि मध्य तीन वटा बिगारिसक्यो,’ उनले भने, ‘दरवार क्षेत्रमा लगाएको बोट बिरुवा पनि भाँचिदिने गरेको छ ।

पुनर्निर्माणको क्रममा रहेको गोरखा दरबारमा बाँदरले उपऽो मच्चाउन थालेपछि थप जोखिम बढेको छ ।

हाल दरबार क्षेत्रमा मात्र करिब आठ सयको संख्यामा बादर रहेको कार्यालयको अनुमान छ । पशुपति क्षेत्रबाट ट्रकमा बादर ल्याएर छाडिएको कर्मचारीहरुको दावी छ ।

बादर धपाउन अहिले स्थानीय र कर्मचारीले साथमा गुलेली राख्ने गरेका छन् । मान्छेलाई नटेर्ने बाँदर गुलेली ताकेपछि भाग्ने गरेको स्थानीयको भनाइ छ ।

कर्मचारीलाई कार्यालयले गुलेली उपलब्ध गराएको हो भने स्थानीय व्यापारीहरुले आफै किनेका हुन् । ‘ढुङ्गा ताक्दा पनि भाग्दैन, तर गुलेली ताकेपछि भने भाग्छ, गुलेलीमा ढुङ्गा नराखी ताक्ने मात्र गरेका छौ,’ स्थानीय सीता योगीले भनिन् ।

बाँदर धपाउनकै लागी दरबार क्षेत्रमा खटिने सुरक्षाकर्मीले समेत गुलेली लिने गरेका छन् । दरबार हेरचाह अड्डाले उनीहरुलाई गुलेली उपलब्ध गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१