सर्लाही । शनिबार राति सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका (२ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
सडकको ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताउनुभयो ।
राति ९ बजे तिर घरमै भएका यादवलाई कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो ।
प्रतिक्रिया