पोखरा – पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो।
मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट, नेकपा नेता वामदेव गौतम, योगेश भट्टराई घनश्याम भुसाललयात पुगेका छन्। श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा नेकपा कार्यकर्तासँगै स्थानीयको बाक्लो भीड लागेको छ।
प्रतिक्रिया