आङछिरिङ शेर्पाको सम्मानमा यति एयरलाइन्सले शुक्रबार आफ्ना सबै उडान स्थगित

ssapana44@gmail.com' jamuna aryal
१७ फाल्गुन २०७५, शुक्रबार १३:५६

काठमाडौं – यति एयरलाइन्स डोमेस्टिक प्रालिले शुक्रबार आफ्ना सबै उडान स्थगित गरेको छ ।

हेलिकोप्टर दुर्घटनामा दिवगंत भएका कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको सम्मानमा यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरका शुत्रबारका सबै उडान स्थगित गरिएको हो ।

प्रभावशाली पर्यटन उद्यमी शेर्पाको निधनको शोकमा उडान स्थगित गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

यति र तारा एयरले काठमाडौंबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा, साँफेबगर, सुर्खेत, चौरजहारी, रुकुम, जोमसोम, मनाङ, पोखरा, लुक्ला, फाप्लु, ताप्लेजुङ, रामेछाप, भोजपुर र तुम्लिङटारमा दैनिक उडान भर्दै आएका छन् ।

पर्यटन उद्यमी शेर्पाको बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१