मन्त्री अधीकारीकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

ssapana44@gmail.com' jamuna aryal
१७ फाल्गुन २०७५, शुक्रबार ०९:२६

काठमाडौं – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ। 

मन्त्री अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्रीहरु, उच्च प्रशासकीय अधिकृतहरु, प्रतिपक्षी दलका नेताहरु, नेकपाका शीर्ष नेता तथा कार्यकर्ता लगायत अन्य सर्वसाधारण तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। मन्त्री अधिकारीको पार्थिव शरीरलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिएका छन। 

मन्त्री अधिकारी सँगै हेलिकप्टर दुर्घटनामा ज्यान गुुमाएका पर्यटनव्यवसायी एवं यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव दास भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको शव पनि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ। श्रद्धाञ्जली पश्चात शवहरुलाई आफन्तको जिम्मा लगाइने जनाइएको छ। पर्यटन मन्त्री अधिकारीको शव आजै उनको गृह जिल्ला कास्की, पोखरमा अन्त्यष्टी गरिने छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१