अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा (फोटोफिचर)

ssapana44@gmail.com' jamuna aryal
१६ फाल्गुन २०७५, बिहीबार १५:५५

काठमाडौं : बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने तयारी भएको छ। श्रद्धाञ्जलीका लागि टुँडिखेलमा आम सर्वसाधारणको भिड बढ्दै गएको छ। 

सत्ताको नेतृत्वकर्ता नेकपाले पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीसहित सबैजनाको शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राख्ने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सकिए लगत्तै शव टुँडिखेल ल्याइने छ। 

श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्ने तयारीमा छन्। आम सर्वसाधारणको भने टुँडिखेलमा भिड बढ्दै गएको छ।

थप तस्बिरमा :

तस्बिर अन्नपुर्णपोष्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१