बर्षकै उत्कृष्ठ गजलगित बन्यो ‘मर्ने कसैलाई रहर हुँदैन’ (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७१, आईतवार ०७:३८

गोपिकृण्ण चापागाई/ काठमाडौं,१५ भाद्र   ।
बर्षकै उत्कृष्ठ गजलगित मर्ने कसैलाई रहर हुँदैन ले राष्ट्रिय गजल अवार्ड पाउन सफल भएको छ । राजधानीको दरबार म्युजिक क्लब एण्ड रोधीघर लाजिम्पाटमा शनिबार रापती समाज काठमाडौंले आयोजना गरेको दोस्रो गजल गायन प्रतियोगिता सो अवार्ड दिइएको हो । बर्षकै उत्कृष्ठ गजलगित बन्न सफल सो गितका रचनाकार बरिष्ठ गजलकार डा. कृष्ण हरी बराल लाई सम्मानीत गरीएको थियो । त्यसतै गायनतर्फ एउटा मान्छे गजल गितबाट बरिष्ठ गजलकार निशा देशार लाई सम्मानीत गरीएको थियो । भने संगीत तर्फ एउटा मान्छे गजलगितका बरिष्ठ संगितकार दिपक जंगम सम्मानित हुनुभएको थियो ।1 (4)

गजल प्रवद्र्धन मोतिराम भट्टको सम्मानार्थ एवं दाङका बाढी पिडितहरुको लागि सहयोगार्थ आयोजीत सो कार्यक्रम मोति जयन्तीको अवसर पारेर आयोजना गरीएको हो ।
कार्यक्रममा बरिष्ठ गजलकार ललीत जंग रावल प्रमुख अतिथिमा रहुनभएको थियो । त्यसतै सभापतिको आवसन ग्रहणमा रापती समाजका अध्यक्ष ससी शर्मा बजागाइ हुनुहुन्थ्यो । त्यसतै गरी अतिथिमा अन्य थुप्रै अतिथिको रुपमा आसन गराइथ्एको थियो ।6
आठ बर्ष देखि बिभिन्न सामाजीक कार्य गर्दै आएको, रापती समाज काठमाडौंले नेपालमै पहिलो पटक गजल गायन प्रतियोगिमा राखेको हो र यो प्रतियोगता दास्रो गजल गायन प्रतियोगिता हो । दिउँसो २ बजे सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रबिन कुमार रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बरिष्ठ गायक पुर्ण भण्डारी पंकज अभिनन्दित हुनुभएको थियो । त्यसतै कार्यक्रमका सहभागि दश प्रतियोगिहरुको गजल सुन्नुभन्दा पहिले गतबर्षका प्रथम प्रतियोगी शरद सागर अधिकारी लाई सम्मान एवं उनको गतबर्षको गजल सुनेर अन्य प्रतियोगीहरुको गजल सुनिएको थियो ।
प्रतियोगिहरु मध्ये प्रथम हुनुहुनेमा सुधा रत्न रहनुभएको छ । उहाँलाई प्रमाणपत्र, पुरस्कार र सम्मान गरीकाएको थियो । उहाँले गाएको गजलमा रबिन गिरीको शब्द रहेको थियो भने गोबिन्द मधुर आचार्यको संगित थियो र बोलथियो भूल्न तिमीलाई । त्यसतै द्धितिय स्थान ओगट्न सफल बिपिन घिमिरेलाई प्रमाणपत्र, पुरस्कार र सम्मान गरीएको थियो । त्यसतै तृतिय स्थानमा सुदिप बरालले ठाउँ ओगट्नु भयो भने सान्तवना गोपाल तापाङले पाउनुभएको थियो । त्यसतै अन्य ६ प्रतियोगीहरु केशब अधिकारी, अंकीत न्यौपाने, गोपाल अधिकारी, संगीता तिमील्सिना, बिण्णु पराजुली र रकेश ओली लाई कदर पत्र प्रदान गरीएको थियो । र सँग सँगै उत्कृष्ट शब्द र उत्कृष्ट संगितकार लाई पनि सम्मान गरीएको थियो जसमध्ये उत्कृष्ट शब्दद्धारा सम्मान हुनुहुनेमा धनलाल गोपजी र उत्कृष्ट संगित तर्फ मुद राना रहनुभएको थियो ।
प्रतियोगिताको अवधिभर जजको भूमिकामा बरिष्ठ गजलकार रबि पाङजन र बरिष्ठ गायक नरेन्द्र प्यासी रहनुभएको थियो । कार्यक्रमको अन्तिममा नेपालमै निकै रुचाइएको गायक नरेन्द्र प्यासीको सुमधुर स्वरद्धारा गित सुनेर कार्यक्रमको समापन गरीएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१