सबैभन्दा ठूलो वैदेशिक लगानीमा सिमेन्ट उद्योग सञ्चालन

ssapana44@gmail.com' jamuna aryal
१५ फाल्गुन २०७५, बुधबार १०:०२

धादिङ – सबैभन्दा ठूलो वैदेशिक लगानीमा निर्माण हुन लागेको सिमेन्ट उद्योग दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका – २ ताल्तीमा सञ्चालनको अन्तिम तयारीमा छ । 

प्रधामन्त्री केपी ओलीले चीन भ्रमणको बेलामा वैदेशिक लगानी भित्र्याउन ह्वासिन कम्पनीसँग सिमेन्ट उद्योग सञ्चालनको सम्झौता गर्नुभएको थियो । यही सम्झौता अनुसार ह्वासिन नारायणी सिमेन्ट उद्योग प्रालिले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । 

दैनिक ६० हजारबोरा सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले १४ अर्ब ८२ करोड ६० लाखको कूल पूँजीमा ताल्तीमा उद्योग सञ्चालन तयारी गरिएको उद्योगका सूचना अधिकारी तुलसीजंग थापाले बताउनुभयो  ।

विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाई छ ।  सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै १० किलोमिटर सडक निर्माणका लागि तयारी समेत भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१