नेपाल- भारत सीमा कडाइ, नागरिकले आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने

ssapana44@gmail.com' jamuna aryal
१५ फाल्गुन २०७५, बुधबार ०९:४६

धनगढी – तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले यस्तो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै कुन व्यक्ति के कामका लागि भारत गएको वा भारतबाट नेपालमा के कामका लागि आएको भन्नेजस्ता विवरण सङ्कलन हुने लागतबाट जानकारी पाउन सकिने जनाइएको छ ।

सीमामा आवागमन गर्नेहरूले दिने यस्तो विवरणले आवागमन गर्ने सम्बन्धित व्यक्तिको यात्रा सुरक्षित भई सहज हुने र प्राप्त हुने तथ्याङ्कबाट प्रादेशिक नीति तर्जुमा गर्न टेवा पुग्ने विश्वास प्रदेश सरकारको छ ।

नागरिक सीमा सहायताकक्ष सम्बन्धमा बनेको कार्यविधिमा सुदूरपश्चिम प्रदेशको सीमा नाकाबाट आवतजावत गर्ने नेपालीको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय कार्यक्रम तथा योजना तर्जुमा कार्यमा सहजता प्रदान गर्न, मानवअधिकारको संरक्षण एवं नागरिकको सुरक्षा तथा संवद्र्धनमा सहयोग गर्न कार्यविधि बनाइएको उल्लेख छ ।

सहायताकक्षबाट प्रवाह हुने सेवाका सम्बन्धमा व्यवस्था गर्न लागिएको ‘टोल फ्रि’ नम्बरमा सम्पर्क गरी आवश्यकताअनुसार नागरिकले सीमा नाकाबाट आवतजावत गर्दा आइपर्ने असुविधाबारे सहयोग लिन सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१