सिन्धुपाल्चोकको कदमबासमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन

ssapana44@gmail.com' jamuna aryal
१४ फाल्गुन २०७५, मंगलवार १७:१८

चौतारा – सिन्धुपाल्चोकको कदमबासमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ। सफल परीक्षण उडानपछि चौतारा साँगाचोकगढी नगरपालिका-९ कदमबासमा आगामी फागुन २५ गतेबाट व्यावसायिक उडान सुरु गर्न लागिएको हो ।

गत फागुन ५ गते कदमबासको लामाचौरमा परीक्षण उडानपछि औपचारिक रुपमा नियमित उडान सुरु गर्न लागिएको अभियन्ता मानबहादुर तामाङले जानकारी दिए। पोखराबाट आएका पाइलट उमेश केसीले सफल दुई परीक्षण उडान गरेपछि हौसिएका लामाचौरबासीले आफ्नो हैसियत अनुसारको लगानी गरेर सामुदायिक रुपमा व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागेका हुन्।

परीक्षण उडानका लागि स्थानीयले पाँच देखि ३० हजार रुपैयाँसम्म चन्दा संकलन गरेर एक लाख जुटाएका तामाङले बताए । पाइलट केसीसँगको चिनजानका कारण साँढे दुई वर्ष अघिदेखि आफ्नो गाउँमा पनि प्याराग्लाइडिङ सम्भव हुने सोचेर लागिपरेका तामाङलाई स्थानीय युवाले साथ दिएपछि उनको योजनाले साकार रुप लिन लागेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१