फ्रान्सबाट ल्याएको लडाकु विमान पाकिस्तान हमलामा प्रयोग गर्‍याे भारतले

ssapana44@gmail.com' jamuna aryal
१४ फाल्गुन २०७५, मंगलवार १७:०९

नयाँदिल्ली – पाकिस्तनी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले मंगलबार बिहानै ट्वीट गरेर भारतीय वायुसेनाका लडाकु विमानले पाकिस्तानी भूमिमा हमला गरेको जानकारी दिए ।

मेजर गफूरका अनुसार पाकिस्तानी वायुसेनाले पनि तत्कालै जावाफी कारवाही गर्यो । जसकारण भारतीय विमान भाग्नु परेको थियो । तर भाग्न थाल्दा हतारमा उनीहरुले पेलोड छोडेर गएको बताइएको छ ।

के हो पेलोड ?

पेलोडको अर्थ विस्फोटक शक्ति भन्ने हुन्छ । सजिलो शब्दमा भन्दा कुनै पनि मिसाइल, विमान, रकेट आदिमा विस्फोटक लैजानसक्ने क्षमतालाई पेलोड भनिन्छ । कुनै विमान वा मिसाइलको पेलोड कति छ भन्ने कुरा उक्त विमान वा मिसाइलको प्रकृतिले बताउँछ ।

यदि कसैले भारतीय लडाकु विमानले पेलोड झार्यो भन्नुको मतलब भारतीय लडाकु विमानले बम खसालेको भन्ने नै हुन्छ । भारतले यो हमलामा मिराज–२००० विमानको प्रयोग गरेको दावी गरेको छ ।

के हुन् मिराज विमानका विशेष कुरा ?

मिराज–२००० फ्रान्सेली विमान हो । जुन युद्धको लागि नै बनाइएको हो । यो विमानको निर्माण फ्रान्सेली कम्पनी डासो एविएसनले गरेको थियो । यही कम्पनीले रफाल विमान पनि बनाएको थियो । यो विमानको लम्बाइ ४७ फिट र यसको तौल सात हजार पाँच सय किलोको हुन्छ ।

यसको अधिकतम गति दुई हजार किलोमिटर प्रतिघण्टा हुन्छ । विमानले १३ हजार आठ सय किलो गोला बारुद बोकेर पनि दुई हजार तीन सय ३६ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यो विमानले पहिलो पटक १९७० को दशकमा उडान गरेको थियो । यो डबल इन्जिन भएको मल्टिरोल लडाकु विमान हो ।

भारतले यो विमान खरिदको अर्डर १९८० को दशकमा गरेको थियो । त्यसबेला उसले ३६ वटा लडाकु जहाज अर्डर दिएको थियो । फ्रान्सले यस्तो लडाकु विमान भारतलाई मात्र बेचेको छैन । अन्य नौ देशलाई पनि यो बेचेको छ । नौ देशका सेनले नै यो विमानको प्रयोग गर्छन् ।

जुन विमानले एकै पटकमा धेरै काम गर्न सक्छ । यसलाई मल्टिरोल पनि विमान भनिन्छ । मिराज लडाकु विमानमा डिइएफए अटोक्यान छ । जसमा ३० मिमी रिवाल्वर तोप हुन्छ । जुन तोपले १२ सयदेखि १८ सय राउन्ड प्रति मिनेटको गतिमा हमला गर्न सक्छ ।

-बिबिसी हिन्दीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१