मिर्गौला सम्बन्धी रोग लागेका ५ हजार जनाले पाए सरकारबाट आर्थिक सहयोग

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १८:२४

काठमाण्डौ – मिर्गौलासम्बन्धी विभिन्न रोगको समस्यामा परेका झण्डै ५ हजार जनाले सरकारबाट आर्थिक सहयोग पाएका छन् । 

आर्थिक रुपमा विपन्न नागरिकको उपचारका लागि सरकारले आर्थिक सहयोग गरेको हो । अहिलेसम्म मिर्गौलासम्बन्धी समस्या भएका ४ हजार ६ सय ९८ जनालाई आर्थिक सहयोग दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै मिर्गौलाको बिरामीले उपचार पाएका छन् । यो प्रदेशमा अहिलेसम्म ३ हजारभन्दा धेरै जना बिरामीले उपचार गराएका छन् । प्रदेश तीनमा ३ हजार १ सय ३० जना बिरामीले सरकारको आर्थिक सहयोगमा उपचार गराएका मन्त्रालयको तथ्याङ्क छ । 

यस्तै, प्रदेश ५ का ५ सय ४० जनाले सरकारी सहयोगमा मिर्गौलाको उपचार गराएका छन् । यस्तै गण्डकी प्रदेशका ४ सय ५ जना,  प्रदेश १ मा ३ सय ६० जना तथा सुदूर पश्चिम प्रदेशका ६५ जनाले मिर्गौलाको उपचार गराएका छन् । 

सरकारी आर्थिक सहयोगमा मिर्गौलाको उपचार  गराउनेमा कर्णाली प्रदेश सबैभन्दा पछाडि छ । अहिलेसम्म यो  प्रदेशका १८ जनाले मात्रै आर्थिक सहायता पाएका छन् । यो प्रदेशमा मिर्गौलाको बिरामी नै कम भएका वा उपचारमा नआएका भन्नेबारे केही खुलेको छैन । सरकारले मिर्गाैैला प्रत्यारोपण गर्न सम्बन्धित अस्पतालमार्फत २ लाख रुपैयाँ आर्थिक सहयोग दिने गरेको छ । 

यस्तै, प्रत्यारोपणपछि औषधि खानका लागि एक लाख रुपैयाँ सहयोग दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१