आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १८:०६

ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ।

गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्।

बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन्। लगत्तै उनको मुखबाट रगत निस्किएको थियो।

प्रहरीले पूजालाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१