स्ववियुको चुनाव फागुनमा नहुने

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १८:००

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव फागुनमा नहुने भएको छ । 

फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले चुनाव गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा चुनाव गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले सार्न थालेको हो । २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो । 

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु चुनाव गर्न नसकिने बताउनुभयो । उहाँले सबै विद्यार्थी सङ्गठनलाई सहभागी गराउने गरी चैतमा चुनाव गर्ने बताउनुभयो । उहाँले कुनै सङ्कायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१