तातो पानी नाकामा चीनको काम रहरलाग्दो, अनि नेपालको काम हेर्दा हेर्दै दिक्क लाग्दो !

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १७:४५

सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पका कारण नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी अझै बन्द छ । भूकम्प र बाढीले कोदारी नाका र तातोपानी क्षेत्रका धेरैजसो घर ध्वस्त भए । सयौँ घर ध्वस्त हुँदा त्यहाँबाट बासिन्दा विस्थापित भए । 

अहिले भने तातोपानी नाका खुुलाउन चिनियाँ र नेपाली पक्षबाट काम भैरहेको छ । चीन र नेपालबीच आउँदोे मे १ तारिख (वैशाख १८) मा नाका खुलाउने औपचारिक सहमतिपछि चीनले द्रुत गतिले काम गरिरहेको छ । तर नेपाली पक्षको कामले गति नलिँदा समस्या हुने देखिएको छ ।

भूकम्प र नाकाबन्दीले कोदारी नाका र तातोपानी क्षेत्रको बजार तहसनहस भयो । त्यहाँ मानिस बस्नै सक्ने अवस्था थिएन । बजार, बन्दरगाह र मितेरी पुल पनि बाढीले बगायो । त्यसपछि नेपाल सरकारले चीनसँग पटक पटक नाका खोल्न आग्रह गर्‍यो । 

तर चीनले सुरक्षाको कारण भन्दै नाका खुलाउन मानेन । तर गएको दशैँपछि भने चीन नाका खोल्न सकारात्मक भयो । नेपालले चीनलाई मितेरी पुल, सुख्खा बन्दरगाह र बाह्रबिसेसम्मको सडक बनाइदिन आग्रह गर्‍याे । चीनले नेपालको प्रस्ताव स्वीकार गर्‍याे र काम सुरु गरिहाल्यो । 

चीनले मंसिरदेखि ३ वटा योजनाको काम थालेको छ ।  नेपाल र चीन जोड्ने भोटेकोशीमाथिको मितेरी पुल पनि भूकम्प र बाढीले ध्वस्त बनायो ।  अहिले चीनले मितेरी पुल निर्माण गरिरहेको छ । चीनको तियान सुन सडक तथा पुल कम्पनीले २ करोड ६० लाख युआनको लागतमा मितेरी पुल बनाइरहेको छ । 

पुल बनाउन दैनिक १ सय जना चिनियाँ कामदार खटिएका छन् । गएको मंसिर २१ गते निर्माण सुरु भएको पुल वैशाख १७ गतेभित्रै सक्ने योजना छ । अहिलेसम्म ३० प्रतिशत भन्दा धेरै काम सकिएको छ ।

‘नेपालले निर्माण गरेको भए यो बन्दरगाह बनाउन कम्तीमा ३ वर्ष लगाउँथ्यो होला, तर उनीहरुले ४ महिनामा काम सक्न थाले, हामीलाई त अचम्म लागेको छ’, लार्चामा भेटिएका बुद्ध तामाङले भन्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१