सरकारी अनुदान हिनामिना, पाँच विगो मागदाबी सहित दाहालविरुद्ध मुद्दा

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १७:३९

काठमाडौं – सप्तरी जिल्लाको साविक खोक्सर प्रवाहा गाउँ विकास समितिका तत्कालीन सचिव कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अनुदान रकम हिनामिना गरेको आरोपमा पाँच लाख ३३ हजार विगो मागदाबीसहित दाहालविरुद्ध मुद्दा दायर गरिएको हो । 

दाहाल हाल कारागार कार्यालय सप्तरीमा कार्यरत छन् । लेखापरिक्षण समेत नगरी श्रेस्ता र कागजात लुकाएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही माग गर्दै आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१