रोजगारीका लागि नेपालमा पहिलोपटक कम्प्युटर प्रणालीमार्फत परीक्षा

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १०:५७

काठमाडौं – नेपालमा रोजगारीका लागि पहिलोपटक कम्प्युटर प्रणालीमार्फत परीक्षा भएको छ।  हरेक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निष्पक्षरूपमा रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको हो।  शनिबार र आइतबार सञ्चालन गरिएको कम्प्युटर प्रणालीमा दुई हजार दुई सय ६२ जना व्यक्ति सहभागी थिए।  बेरोजगार युवाले अनलाइनमार्फत नै रोजगार संयोजकका लागि आवेदन दिएका थिए। 

मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार ३० मिनेट समय तोकेर ५० पूर्णांकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो।  परीक्षार्थीले प्रत्येक प्रश्नको उत्तर कम्प्युटरबाटै मिले नमिलेको तुरुन्तै पाउन सक्ने व्यवस्था थियो।  प्रवेशपत्रको आइडी नम्बरका आधारमा व्यक्तिको फोटो कम्प्युटर स्क्रिनमा देखिने भएकाले गलत व्यक्ति परीक्षामा सामेल हुन नपाउने दाहालले बताए। 

आइतबार मध्यरातमा रोजगार संयोजकको नतिजा प्रकाशित हुने दाहालले बताए।  २५ अंक आउने परीक्षार्थीको नाम प्रकाशित हुन्छ।  ‘माथिल्लो अंक आउने परीक्षार्थी रोजगार संयोजकमा छनोट हुनेछन्’, उनले भने।  बराबरी अंक आउने परीक्षार्थीले मार्कसिटको आधारमा छनोट हुन्छन्।  चाहिने व्यक्ति माथिल्लो अंबाट लिन्छौं’, दाहालले भने, ‘त्योभन्दा मुनिका व्यक्ति वैकल्पिकमा रहन्छन्। ’

मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार पहिलो आउने व्यक्तिले स्थानीय तह छनोट गर्न पाउँछ।  ‘यो प्रदेशस्तरीय परीक्षा हो’,उनले भने,‘ प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा सञ्चालन भएको हो। ’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१