आईसीसी महिला विश्वकप क्रिकेट, नेपालले आज चीनसंग प्रतिस्पर्धा गर्दै

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १०:५३

काठमाण्डौ – आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज चीनसंग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले आफ्नो पाँचौ खेलमा चीनसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

पछिल्ला ४ खेलबाट ६ अंक जोडेको नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण छ । यसअघि चीनविरुद्वको प्रभावशाली नतिजाले समेत नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । त्यसका लागि नेपालले शीर्ष स्थानको थाईल्याण्डको हारको समेत कामना गर्नुपर्नेछ । तालिकाको शीर्ष स्थानको थाईल्याण्डले समेत मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१