राउटे समुदायका बालबाबालिका बिद्यालय जान थाले, भन्छन् ‘पढ्न पाए त ड्राइभर र डाक्टर हुन्या हो’

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १०:५०

सुर्खेत – कर्णाली प्रदेशका जंगलहरुमा घुमिफिरी घुमन्ते जीवन विताइरहेका राउटे समुदायका बालबाबालिका बिद्यालय जान थालेका छन् । सुर्खेत लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंग्रेजी पढ्न थालेका छन् ।

राउटे समुदायमा लेखपढ गर्नुहुँदैन भन्ने मान्यता थियो । तरपछि उनीहरुले त्यो मान्यतालाई बदल्दै गएका छन् । पछिल्लो समय राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास गर्दथे ।

एक सामाजिक संस्थाले राउटेबस्तीमा बालबालिकालाई अक्षर सिकाउन शिक्षक–शिक्षिका नियुक्त गरेपछि बालबालिका पढाइप्रति आकर्षित भएका हुन् । पढ्ने रहर भए पनि राउटे समुदायमा पढ्नु हुन्न भन्ने मान्यताले आफ्ना रहर पूरा नभएको बिर्खबहादुर शाहीले बताए । ‘मुखियाले पढ्नु हुँदैन भन्छ,’ उनले भने, ‘पढ्न पाए त हामी पनि ड्राइभर हुन्या हो, डाक्टर हुन्या हो ।’ उनले किताब कापी समातेर पढ्न पाउँदा खुसी लागेको बताए ।

राउटे समुदायका बालबालिका पढ्न थालेपछि सोसेकले राउटेबस्तीमा खटाएका शिक्षक–शिक्षिका पनि उत्साहित देखिएका छन् । राउटे बालबालिका पढ्न सहमत भएपछि उनीहरूको स्वभावमा केही परिवर्तन देखिएको शिक्षिका दुर्गा खत्रीले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१