बलिउडमा पाइला टेक्दै नेपालकी सुन्दर मालविका

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १०:४३

काठमाण्डौँ – अभिनेत्री मनिषा कोइरालाभन्दा अन्य कुनैपनि कलाकारले बलिउडमा आफनो धमाल मच्चाउन र टिक्न सकेनन् ।

तर पछिल्लो समय नेपालकी एक युवतीले बलिउडमा धमाल मच्चाउने अनुमान गरिएको छ । उनी हुन मालविका शर्मा । यतिबेला दक्षिण भारत एक फिल्ममा अभिनय गरिरहेकी छिन् । दक्षिण भारतीय फिल्मबाट आफ्नो क्यारिएर शुरु गरेकी मालविका बलिउड निर्देशकका नजरमा पर्न थालेकी छिन् ।

उनले आफ्नो क्यारिएरको एक बर्षअघि देखि शुरु गरेकी हुन् । मोडेल क्षेत्रमा तीन बर्षअघि पाइला टेकेपनि उनी फिल्ममा काम पाएकी थिइनन् । तर उनले पछिल्लो समय दक्षिण भारतको फिल्मबाट आफ्नो डेब्यू गर्दैछिन् । उनले डेब्यू फिल्म रिलिज हुनुभन्दा पहिले नै दक्षिण भारतको अर्काे फिल्ममा पनि उनले साइन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मालविकाको सुन्दरता र अभिनयबाट भारतीय निर्देशकहरु प्रभावित बनेका छन् । उनी नेपाली भएपनि उनका परिवार भने केही बर्षदेखि भारतको मुम्वइमा बस्दै आएका छन् । परिवारसँगै मुम्वईमा बस्दै आएकी मालिविकाले चर्चित अभिनेत्री मनिषा कोइरालालाई पछि पार्ने अनुमानहरु गरिन थालेका छन् । मालविकाले अभिनयका साथै कानुन संकायको अध्ययन पनि गरिरहेकी छिन् । तर उनले आफ्नो पहिलो फिल्म निला टिकेटमा एक मेडिकल बिद्यार्थीको अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१