नाम मात्रका सडक बत्ती, करोडौँ बजेट हिनामिना

ssapana44@gmail.com' jamuna aryal
१२ फाल्गुन २०७५, आईतवार १६:३७

बुटवलबुटवल–बेलहिया (सुनौली) जोड्ने निर्माणाधीन व्यापारिक मार्गमा जडान गरिएका सौर्य सोलार बत्ती अहिले कामै नलाग्ने भएका छन् । 

सौर्य बत्ती कामै नलाग्ने भएपछि बुटवल(बेलहिया सडक विस्तार आयोजनाले बिजुलीका बत्ती जडान गर्ने योजना बनाएको छ ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण पूरा भएको क्षेत्रमा सोलार सडक बत्ती जडान गरेको थियो । पहिलो चरणमा बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलसम्म दुई करोड रुपैयाँभन्दा बढी लागतमा १ सय ५० सडक सौर्यबत्ती जडानगरिएको हो । यस्तै भैरहवाको बेलहियादेखि देवकोटाचोकसम्म ४० वटा सोलार बत्ती जडान गरिएको छ ।

दुई वर्ष अघि जडान गरिएकामध्ये अधिकांश सोलारबत्ती अचेल बल्दैनन् । कतिपय बल्ने बत्तीले पनि पर्याप्त उज्ज्यालो दिँदैनन् ।

‘यहाँ जडान गरिएका सडकबत्ती स्वचालित हुन् । कुनै–कुनै मात्र बल्छन् । अधिकांशले उज्ज्याले नै दिँदैनन्,’ शंकरनगरका रामदीप न्यौपानले भने, ‘सडक बत्ती नाम मात्रको भयो । काम छैन ।’

आयोजनाले तीन वर्षको वारेन्टीसहित सोलार बत्ती जडान गरेको हो ।

बिग्रिएका सोलार बत्ती ठेकेदार कम्पनीले मर्मत गरेको जनाए पनि ती जुनकिरी’ सरह छन् । आयोजनाले परीक्षणपछि सोलार बत्ती जडान गरिएको जनाए पनि त्यसको प्रभावकारिता शून्यप्रायः छ । सडक बत्ती जडान गरेपछि बढ्दो सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको थियो तर अचेल जेब्राक्रस नजिकका सोलार बत्ती पनि बल्न छाडेका छन् ।  सडक उज्यालो नहुँदा दुर्घटनाको जोखिम उत्तिकै रहने सवारी चालकहरू बताउँछन् ।

यो सडकमा छाडा चौपाया हिँड्ने भएकाले कयौं पटक सवारीसाधनहरू त्यस्ता चौपायासँग ठोक्किने गरेका छन् । शुरूमा जुन उत्साह र प्रचारका साथ सोलार जडान गरिएको थियो तर एक वर्ष पनि नटिकेको स्थानीय वासिन्दाहरू बताउँछन् ।

दोस्रो चरणमा ड्राइभरटोलदेखि मणिग्रामसम्म थप एक सय वटा जडान गर्ने बताएकोमा प्रभावकारिता नदेखिएपछि आयोजना सोलार जडानबाट पछि हटेको छ । सोलार बत्ती ३५र३५ मिटरको दूरीमा जडान गरिएको छ ।

आयोजनाका इञ्जिनीयरहरू पूर्णतः सबै समय घाम नलाग्दा पूर्णचार्ज हुन नसक्नु, प्यानलमा धुलो जम्मा हुनु जस्ता कारणले सिक्सलेन सडकमा सौर्य सोलार बत्ती प्रभावकारी नभएको जिकिर गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१