एनसेलका टावरमा बम विष्फोट गरेको आशंकामा पक्राउ परेकामाथि अनुसन्धान शुरु

ssapana44@gmail.com' jamuna aryal
१२ फाल्गुन २०७५, आईतवार ०९:३३

काठमाण्डौ – एनसेलका टावरमा बम विष्फोट र आगजनी गरेको आशंकामा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थालेको छ । लतिलपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयसहित विभिन्न ठाउँमा रहेका टावरमा बम विष्फोट र आगजनी गरेको अयिभोगमा १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

नख्खुमा भएको विष्फोटमा एकजना सर्वसाधारणको ज्यान जानुका साथै दुईजना घाइते भएका छन् । यस्तै, कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा पनि परिचय नखुलेको समूहले आगजनी गरेको छ । घटनापछि देशभर सुरक्षा व्यवस्थामासमेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । 

एनसेलका धेरै टावरमा विष्फोट र आगजनी गरिएको घटनामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको संलग्नता रहेको आशंका गरेको छ । तर विप्लव नेतृत्वको माओवादीले भने घटनाको जिम्मेवारी लिएको छैन ।

यस्तै एनसेल प्राइभेट लिमिटेडले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको भत्र्सना गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१