पीएसएलमा सन्दीप लामिछानेकाे ४ ओभर

ssapana44@gmail.com' jamuna aryal
१२ फाल्गुन २०७५, आईतवार ०९:२९

काठमाण्डौँ – पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा नेपाली युवा बलर सन्दीप लामिछानेले २० रन दिएर १ विकेट लिएका छन् ।

उनले तेस्रो ओभरकोे पहिलो बलमा विकेट लिएका थिए । लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध शुरुका दुई ओभरमा १३ रन दिएका थिए । तेस्रो ओभरमा थप ४ रन खर्चिदै पहिलो विकेट लिन सफल भए । सन्दीपले अहसन अलिलाई बोल्ड आउट गरे । यसअघि उनलेनै सन्दीपको बलमा छक्का प्रहार गरेका थिए । सन्दीपले टिमलाई चौथो सफलता दिलाएका हुन् । अलि २९ बलमा ४० रन बनाएर आउट भए ।

सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा १० रन खर्चिएका थिए । समग्रमा चार ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिएर १ विकेट लिए ।त्यसअघि लाहोरले टस हारेर पहिला ब्याटिङ गर्दा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

उसका लागि सन्दीपले नट आउट ५ रनको योगदान गरेका थिए । लाहोरका लागि कप्तान एबीडिभिलियर्स ४५ रनमा नट आउट रहँदा सोहेल अख्तरले २९ रन बनाए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१