अमेरिकामा बन्दुकधारीले गोली हान्दा एक नेपालीको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
१२ फाल्गुन २०७५, आईतवार ०९:२३

अमेरिका– अमेरिकामा बन्दुकधारीले गोली हान्दा एक नेपालीको मृत्यु भएको छ । बन्दुकधारीले चलाएको गोलीबाट अर्का एक नेपाली समेत गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घले रहेका छन् । बन्दुकधारीले बिहीबार राती स्टोरमै प्रवेश गरेर गोली हानेका थिए । बन्दुकधारीसंग घलेको विवाद भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । 

गोली लागेर गम्भिर घाईते भएका अर्का नेपाली प्रयास बानियांको स्थानीय लुवेल अस्पतालमा उपचार भइरहेको छ । बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१