काठमाडौं – देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले यस्ता तोडफोडका घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याउन निर्देशन दिएको वताए। उनले भने, ‘हामीले ७७ वटौं जिल्लामा तोडफोडको काममा सलग्न व्यक्तिलाई अनुसन्धान गरी पक्राउ गर्न निर्देशन दिएका छौं।’
एनसेलको टावरलाई केन्द्रित गरी शुक्रवार वेलुका देखि देशका विभिन्न ठाउँमा बम विस्फोटन गराइएको थियो। बम विस्फोटनमा परी केहि व्यक्ति घाइते समेत भएका छन्। कतिपय स्थानमा भने एनसेलको टावरमा आगजनि पनि गरीएको छ। शुक्रबार ललितपुरमा भएको बम विस्फोट लगत्तै काठमाडाौंको कमलपोखरीमा राखिएको संखास्पद वस्तु सेनाले डिस्पोज गरेको थियो।
प्रतिक्रिया