जम्बू काश्मिरमा सुरक्षा सतर्कता बढाईयो

ssapana44@gmail.com' jamuna aryal
११ फाल्गुन २०७५, शनिबार १२:५३

श्रीनगर – भारत शासित जम्बू काश्मिरमा भारतीय अर्ध सैनिक बलले अलगाववादी नेता यासीन मलिक र जमात-ए-इस्लामीका दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेपछि जम्बू काश्मिरमा सुरक्षा सतर्कता बढाईएको छ । एक साता अघि सरकारले दिएको सुरक्षा फिर्ता लिईएको अलगाववादी नेताहरुलाई भारतले पक्राउ गरेपछि त्यहाँ हुनसक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै सुरक्षा फौज समेत बढाईएको छ । 

भारत सरकारको यो गतिविधिले केही दिनमा नै जम्बू काश्मिरमा सैनिक युद्ध हुने सम्भावना देखिएको छ । उता, पाकिस्तानले पनि आफ्ना सैनिकहरुलाई र अस्पतालमा समेत उच्च सतर्कता अपनाउनको लागि निर्देशन दिईसकेको छ भने भारतले आतंकवादी संगठन भन्ने पाकिस्तानी धार्मिक संस्था जैश-ए-मोहम्मदको मुख्यालयमा पाकिस्ताले उच्च सतर्कता अपनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

भारतको सर्वोच्च अदालतमा सोमबारदेखि सुरु हुन लागेको जम्बू काश्मिर सम्बन्धी विषय समेटिएको सेक्सन ३५ ए बारे सुनुवाईमा हुने फैसलाले त्यहाँ हुन सक्ने आतंककारी आक्रमणको लागि सुरक्षा व्यवस्था बढाईएको भारतले जनाएको छ । अहिले १०० जनाको अर्ध सैनिक टोली त्यहाँ थपिसकेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१