कञ्चनपुर र कास्कीका एनसेल टावरमा आगजनी

ssapana44@gmail.com' jamuna aryal
११ फाल्गुन २०७५, शनिबार ११:३४

काठमाडौं – कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् । शुक्रबार राति नै ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि बम बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ ।

आगो कसरी लाग्यो भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

कञ्चनपुरमा पनि आगजनी

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।

एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो ।

टावरमा लगाइएको घेरबारको गेटको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

संलग्नता कसको ?

एनसेलमाथि भएका यी अक्रमणमा कसको हात होला ? प्रहरी स्रोत भन्छ- यसमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ ।

विप्लव समूहले भूमिगत रुपमा यस्ता गतिविधि गर्दै आएकाले प्रहरीको शंकाको दृष्टि त्यतै सोझिएको हो । यद्यपि एनसेल लक्षित पछिल्ला आक्रमणको जिम्मा भने अझैसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१