फागुन १८ गते बोष्टर म्यूजिक एवार्ड हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७५, शनिबार ०९:५७

काठमाडौं । आगामी फागुन १८ गते बोष्टर म्यूजिक एवार्ड आयोजना हुने भएको छ ।
बोष्टर मिडियाद्धारा आयोजना हुने उक्त एवार्डका लागि एक अनलाइनले सन २०१८ भरीमा नेपालमा रेकर्ड गरिएका गीतसंगीतका विभिन्न विधालाई नोमिनेशनमा राखेको छ । जसमा सांगीतिक क्षेत्रमा स्थापीत देखि नव सिर्जनशिल गायन, मोडलीङ, साँस्कृतिक विधाहरु तय गरिएको छ । उक्त अनलाइनले गरेको सर्बेक्षण नोमिनेशनका आधारमा तीन सदस्यीय जजमेन्ट समितिले फाइनल निर्णय गरी एवार्ड वितरण गर्ने छ । जसका लागि बोष्टर मिडियाको बुधबार बसेको संचालक समितिको बैठकले साहित्यकार तथा गीतकार माधव निर्दोषको संयोजकत्वमा ३ सदस्य निर्णय समिति गठन गरेको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द कुमार ढुंगानाद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१