आईसीसी टी–२० महिला विश्वकप: आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

ssapana44@gmail.com' jamuna aryal
१० फाल्गुन २०७५, शुक्रबार ०९:३७

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको दोस्रो खेलमा आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको नेपाल जित्नै पर्ने दबावमा छ ।

यूएई भने तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने अंक तालिकामा चौथो स्थानमा छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपालको दुई अंक छ ।

यूएईलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने छिनो सम्भावनालाई कायमै राख्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१