बागलुङमा राष्ट्रियस्तरको भजन प्रतियोगिता हुने

ssapana44@gmail.com' jamuna aryal
९ फाल्गुन २०७५, बिहीबार १५:४४

गलकोट (बागलुङ) । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको ऐतिहासिक रामकोट मन्दिरमा भजन प्रतियोगिता गर्ने केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।

काठेखोला गाउँपालिकाको एक वडा एक पहिचानअन्तर्गत बिहुँ ५ लाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसमेत राखेको स्थानमा लोकभजन हुने भएको हो ।

रामकोट मन्दिरसँगैको शिवधुरीमा हालैबाट सञ्चालनमा आएको घरवास कार्यक्रम (होमस्टे)को प्रवर्द्धनका लागिसमेत भजन प्रतियोगिताले टेवा पुर्‍याउने आयोजकले लक्ष्य राखेको छ ।

मध्यपहाडी लोकमार्गको स्तरउन्नतिसँगै विश्वकै पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन जाने पर्यटकहरुको सङ्ख्या वृद्धि भएको बेला लोकमार्गसँगै जोडिएको बिँहुको शिवधुरी र रामकोटको प्रचारप्रसार गर्नका लागि लोक भजनको आयोजना गरिएको हो ।

‘राष्ट्रियस्तरको लोकभजनको आयोजना गर्दा धार्मिक संस्कृतिको संरक्षण हुन्छ’, कँडेलले भने, ‘लोकभजनका लागि नेपालका विभिन्न ठाउँबाट आउने सहभागीका कारण यस क्षेत्रमा धार्भिक पर्यटन भित्रन सक्नेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१