बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ५० जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
९ फाल्गुन २०७५, बिहीबार ०९:२०

बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ । 

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ । 

राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा रहेको रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो । आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ । 

आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् । 

आगो लाग्नुको कारण भने खुलेको छैन ।  आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् । 

यसअघि सन् २०१० मा बंगलादेशको निमतोलीमा आगलागी हुँदा १२३ जनाको ज्यान गएको थियो । त्यसपछि लगातार रासायनिक पदार्थको गोदामा मानव बस्ती वरपर नराख्न सरकारलाई दबाद दिइँदै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।agency

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१