भ्रष्टाचार प्रकरणमा चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन कारावासको सजाय

ssapana44@gmail.com' jamuna aryal
९ फाल्गुन २०७५, बिहीबार ०९:१७

एजेन्सी – भ्रष्टाचार प्रकरणमा चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रमुख फाङ फेङ्घुईलाई भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको भन्दै आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

६७ वर्षीय पूर्व सेना प्रमुख फाङ चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१७ मा भएको पहिलो भेटमा पनि उपस्थित थिए ।

चिनियाँ राष्ट्रपति जिनपिङको भ्रष्टाचारविरुद्धको कडा अभियानअन्तर्गत नै चीनमा उच्च पदस्थ अधिकारीहरु जेल परिरहेका छन् । राष्ट्रपतिको अभियान विशेषगरी विश्वकै ठूलो र आधुनिक मानिने चिनियाँ सेनामा शुद्धिकरण ल्याउने प्रयास मानिएको छ ।

चिनियाँ सेनाका पूर्व प्रमुख फाङ सन् २०१७ देखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले सन् २०१७ मै चित्तबुझ्दो स्पष्टीकरण नदिएका कारण पदबाट हात धुनु परेको थियो । उनी शक्तिशाली मानिने सेन्ट्रल मिलिटरी कमिसनका सदस्य पनि थिए । उनलाई गएको वर्ष मात्रै सैनिक अदालतमा ट्रायल सुरु हुनुभन्दा पहिला कम्युनिष्ट पार्टीबाट पनि निष्काशित गरिएको थियो । सिन्ह्वाका अनुसार उनको सबै सम्पत्ति जफत गरिएको छ । तर सम्पत्ति कति हो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।

सन् २०१२ मा सि जिनपिङ सत्तामा आएपछि झण्डै १० लाख सैनिक अधिकारीलाई कारबाही गरिएको चिनियाँ सरकारले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१