आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश २ छनोट, एथलेटिक्स र कुस्ती खेलाडी छानिए

ssapana44@gmail.com' jamuna aryal
९ फाल्गुन २०७५, बिहीबार ०८:३४

काठमाण्डौँ – आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ को प्रतिनिधित्व गर्ने एथलेटिक्स र कुस्ती खेलाडीको छनोट सकिएको छ । एथलेटिक्समा १५ पुरुष र १२ महिला गरी २७ खेलाडीको अन्तिम छनोट गरियो ।

पुरुषमा पर्साका अरुण महतो थारु, बाराका चन्देश्वर पटेल, रौतहटका प्रिन्सकुमार मुखिया, सर्लाहीका अमरेन्द्र यादव, महोत्तरी मुकेश ठाकुर, धनुषाका राजीवकुमार दास, महोत्तरीका जीवन साह, सर्लाहीका रोहन पंजियार, सर्लाहीका अमरकुमार यादव, महोत्तरीका युनिस आले मगर, धनुषाका जयनारायण पास्वान, महोत्तरीका राकेश साह, सर्लाहीका रितेश पंजियार र सिरहाका मनीष यादव रहेका छन् ।

महिलामा पर्साकी संगीता यादव, सर्लाहीकी अनुषा राउत, महोत्तरीकी लक्ष्मीकुमारी कुश्वाहा, पर्साकी एलिना खड्का मगर, महोत्तरीकी अम्बिका धमला, सर्लाहीका रोस्ना पोखरेल र रोजिना चौधरी, पर्साकी संगीताकुमारी दास, सिरहाका मनीषाकुमारी यादव र निरासा यादव, रौतहतकी निसा चौधरी तथा सप्तरीकी जसोदा चौधरी छन् ।

कुस्तीमा ९ पुरुष खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भए । ५७ केजीमा नरेश यादव, ६१ क्ेजीमा जयमंगल यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा मनोजप्रसाद यादव, ७४ केजीमा मुख्तार आलाम, ७९ केजीमा बुन्नीलाल राउत, ८६ केजीमा अदेशप्रसाद यादव, ९२ केजीमा सुमिर साह, ९७ केजीमा सन्दिपकुमार यादव र १२५ केजमिा राज यादव रहेका छन् । मुक्तार र बुन्नी बाराका हुन् भने बाँकी ७ पर्साका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१