डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार १६:४८

काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी दिएका छन्।

वुधबार एक विज्ञप्ति जारी गर्दै केसीले प्रबुद्ध नागरिकहरुको आग्रहमा १६ औं अनसनका कार्यक्रम केही समयलाई स्थगित गरेको बताउँदै उनले चिकित्सा शिक्षा विधेयकमा १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले १५ औ सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्यवन गर्न माग गरेका छन्।

गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा. केसीले बताएका छन्। ‘अबैध शुल्क उठाएको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो। शुल्कको विषयमा हामीसँग सम्झौता भई नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारवाही गर्न माग गर्दछौं। साथै हाल आन्दोलनरत विद्यार्थीको माग प्रति ऐक्यबद्धता जनाउँदै, उनीहरुको माग अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी २ वर्ष अगाडि नै महाभियोग लगाउन माग गरिएका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाइ सो समयमा कारवाही नगरिएकाले हालको अवस्था आएको केसीको भनाई छ। पाठकको घुस प्रकरण चार महिना अगाडि नै प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वयमले थाहा पाएर गुपचूप रहनु गम्भीर विषय भएको उनले बताएका छन्। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१