अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीको वदमासीका कारण विचल्लीमा

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार १६:०७

काठमाडौं – नर्सिङमा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीको वदमासीका कारण विचल्लीमा परेका छन् ।

अष्ट्रेलियामा रहेका करिव १ हजार नेपाली विद्यार्थीहरुले आफूहरुलाई कन्सल्टेन्सीले ठगेको तथा आफूहरुको रकम सबै डुबेको बताए। 

सिधा कुरा जनतासंगको लाइभमा आएर उनीहरुले केहि नेपाली कन्सल्टेन्सीहरुले आफ्नो भबिष्य बर्बाद बनाएको बताए। रुँदै उनीहरुले आमा बुबाले दुख गरेर जोडेको सम्पति पनि डुबेको र आफूहरुको समयको पनि वर्वाद भएको बताए।

रजिष्टर्ड नै नभएको कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाएर केहि कन्सलटेन्सीहरुले करोडौं रकम लिएका छन्। 

एक्सपर्ट, अल्फा विटा, कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, एडमार्क एजुकेशन पोखरा, सनराइज, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी माइग्रेसन एण्ड एजुकेशन, मर्सी एजुकेशन लगायतका कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई गलत सूचना दिएर नेपाली विद्यार्थीहरुलाई लुटेका छन्। 

नाम चलेका यि कन्सल्टेन्सी मध्ये एक्सपर्ट र मर्सीले सबैभन्दा धेरै विद्यार्थीहरुलाई ठगेर लुटेका छन्। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१