सहायक डीनमाथि एक छात्रा यौन दुर्व्यवहारको आरोप

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार १५:३६

काठमाडौं – शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।


सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको भन्दै छात्राले कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१