मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार ०९:३१

वीरेन्द्रनगर – कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले महिला बढी प्रभावित भएको जनाएको छ ।

विभिन्न घटनामा ३५३ महिला तथा १४९ पुरुष पीडित भएको पाइएको छ । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकारसम्बन्धी घटना घटेका छन् । 

महिला अधिकारसम्बन्धी २५७, बाल अधिकारसम्बन्धी ८७ र कुटपिटका ४७ घटना भएको छ । ति घटनामा ६ जना घाइते, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१