अन्सारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्रको थप छानबिन गर्ने

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार ०९:१९

काठमाडौँ – संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने भएको छ ।

समितिको मङ्गलबारको बैठकले प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र विवादित रहेको भन्दै सम्बन्धित निकायबाट थप विवरण माग गर्ने निधो गरेको हो । उजुरीका सम्बन्धमा थप निक्र्यौलपछि मात्र अन्सारीको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।
सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले अन्सारीका सम्बन्धमा थप कागजात माग गरिएको बताए । कर्णले भने, ‘‘प्रस्तावित अध्यक्षबारेको उजुरीमा थप कागजात मगाएर अध्ययन गर्ने निर्णय भएको छ । नागरिकता, पार्टी सदस्यता, शैक्षिक योग्यताको प्रमाणपत्रबारे थप कागजात माग गर्ने निर्णय भएको छ ।’’
समितिले अन्सारीको सम्पूर्ण विवरण खुल्ने नागरिकता विवरण माग गर्ने निर्णय समेत गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१