आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश २ छनोट

ssapana44@gmail.com' jamuna aryal
७ फाल्गुन २०७५, मंगलवार ०८:२६

काठमाण्डौँ – टेटे खेलाडी छनोट प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने टेबलटेनिस खेलाडीको छनोट सोमबार पूरा भएको छ । समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पुरुषमा धनुषाका नवीनकुमार सिंह र दीपकबहादुर सिंह, सप्तरीका अभिषेक झा, महोत्तरीका सुमितकुमार झा तथा सर्लाहीका रुधन चौधरी छनोट भए । महिलामा पर्साकी मारिया थापा मगर, महोत्तरीकी दीपा शाह, अस्मिता यादव र दीपिका भगत तथा पर्साकी सिजा अर्याल छानिए ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश छनोटह्यान्डबलमा कास्की पहिलो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश छनोटअन्तर्गत पुरुष ह्यान्डबलमा कास्कीले स्वर्ण जितेको छ । फाइनलमा कास्कीले बागलुङलाई ३६–१० गोल अन्तरले पराजित ग¥यो ।

नवलपुरले स्याङजालाई हराउदै काश्य हात पा¥यो । छनोट अन्र्तगत सोमबार आईटिएफ तेक्वान्दोका खेलहरु सम्पन्न भएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदक तथा प्रमाणपत्र वितरण गरेको खेलाडी व्यवस्थापन समितीका संयोजक दिपक तिमिल्सिनाले बताए । सोमबारदेखि क्रिकेट छनोटका खेलहरु सुरु भएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१